नेपालमा कोरोना : थप ३ हजार २ सय १८ जनामा संक्रमण, कति निको भए?

लोकपथ
147
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार २१८ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ८ हजार ८६६ पीसीआर र ४ हजार ७०७ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार २१८ जनामा संक्रमण पुष्टि भएको छ।

यो सँगै कुल संक्रमितको संख्या ७ लाख १२ हजार ७४० पुगेको छ। कुल संक्रमितमध्ये ३५ हजार ४३२ जना सक्रिय संक्रमित छन्।

यस्तै उक्त अवधिमा १९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ।

त्यस्तैगरी गत २४ घण्टामा १ हजार ७२२ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ६७ हजार २७० पुगेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?