स्वास्थ्य सामग्री हस्तान्तरण

लोकपथ
21
Shares

डोटी । युनाइटेड मिसन टू नेपालले जोरायल गाउँपालिकालाई कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाका अनुसार उक्त संस्थाले ६ लाख १२ हजार तीन सय सात रुपैयाँको सामग्री आज हस्तान्तरण गरेको हो । ती स्वास्थ्य सामग्रीमा सर्जिकल मास्क, स्यानिटाइजर, ग्लोब्स, डस्टबिन, भरिएका अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री रहेको उपाध्यक्ष जमुना बोहराले जानकारी दिइन् ।

उनले भनिन्, ‘गाउँपालिकामा कोरोना जोखिम कायमै छ । उपलब्ध स्वास्थ्य सामग्रीले कोरोना नियन्त्रणमा सहज हुने छ ।’ सस्थाका कार्यक्रम अधिकृत हेमराज जोशीले जिल्लाका अन्य स्थानीय तहमा आवश्यक परेका समयमा स्वास्थ्य सामग्री प्रदान गर्ने तयारी भइरहेको जानकारी दिए ।

गाउँपालिकाका स्वास्थ्य संयोजक गोविन्द विष्टले भने, ‘सरकारबाट प्राप्त हुने स्वास्थ्य सामग्रीले यहाँका स्वास्थ्य संस्थालाई सामग्री केही अपुग हुँदै आएको थियो, युनाइटेड मिसन टू नेपालले थप स्वास्थ्य सामग्री सहयोग गरेपछि अब निकै सहज हुने भएको छ ।’ संस्थाले वितरण गरेका स्वास्थ्य सामग्रीहरु पालिकाका ६ वटै स्वास्थ्य संस्थामा वितरण गरिने उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?