गर्लफ्रेन्डको हत्या गरी घरमै लुकाएका थिए शव, ७ महिनापछि बल्ल खुल्यो पोल

लोकपथ
147
Shares

काठमाडौं । अमेरिकामा ३७ वर्षीय मैथ्यू लेविन्सकीले आफ्नै गर्लफ्रेन्डको हत्या गरेका छन् । मैथ्यूले गर्लफ्रेन्डको हत्या गरी उनको शव आफ्नै घरको बेसमेन्टमा लुकाएर राखेका थिए ।

मैथ्यूले गर्लफ्रेन्डको हत्या गरेको भन्ने कुरा ७ महिनापछि उनको घरको बेसमेन्टमा शव फेला परेपछिमात्रै थाँहा भएको थियो ।

Man kill gf and hide body

७ महिनापछि मात्रै खुल्यो पोल :

मैथ्यू र उनको गर्लफ्रेन्डबीच झगडा चलिरहेको थियो । यसैबीच मैथ्यूकी गर्लफ्रेन्ड झगडा गरेर उनको घर छोडेर केही दिनका लागि गएकी थिइन् । फेरी उनी केही दिनपछि फिर्ता पनि आएकी थिइन् ।

Man kill gf and hide body

गत डिसेम्बरमा उनी केहि दिनपछि मैथ्यूको घरमा आइन् । उनीहरुबीच फेरी विवाद सुरु भयो ।

एक दिन विवादका क्रममा मैथ्यूले उनको हत्या गरेको प्रहरीसँगको बयानमा बताएका छन् ।

हत्या पछि उनले शव घरको बेसमेन्टमा राखेका थिए । ७ महिनापछि मैथ्यूकी बहिनि घरको बेसमेन्टमा जाँदा शव देखेपछि घटना बाहिर आएको थियो ।

Man kill gf and hide body

प्रहरीले मैथ्यूलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?