काठमाडौं । मुम्बाईमा शुक्रबार प्रहरी चौकीमा फोन बज्यो । ड्यूटीमा रहेका प्रहरीले फोन उठाए । उताबाट आवाज आयो अमिताभ बच्चनको घरमासहित अन्य तीन स्थानमा बम छ ।
उक्त फोनले एकछिन सनसनी मच्चियो । बम डिस्पोजलको टोलीसहित प्रहरी फोनमा बताइएको स्थान अमिताभ बच्चनको घर, भायखला र दादरमा पुग्यो । भनिएको स्थानमा बम फेला नपरेपछि प्रहरीले फोन गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले अनुसन्धानका क्रममा उनीहरुले आफू नशामा रहेको र सबै कुरा नशामा भनेको बताएका छन् । हाल उनीहरुलाई हिरासतमा राखी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया