सरकार सञ्चालनको न्यूनतम साझा कार्यक्रम र कार्यविधि भोलि सार्वजनिक गरिने

लोकपथ
39
Shares

काठमाडौं । सरकार सञ्चालनका लागि तयार पारिएको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आइतबार सार्वजनिक गरिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले आइतबार उक्त कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।

सत्तारुढ गठबन्धनको कार्यदलले न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई शुक्रबार हस्तान्तरण गरेको थियो ।

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?