अब थिएटरमा सिकेरै चलचित्रमा आउँछु

सन् २०१३ मा आयोजना भएको मिस टिन प्रतियोगितामा सेकेन्ड रनर्स अप भएपछि श्रेया कार्कीले आफूलाई ग्ल्यामरको क्षेत्रमा आधिकारिक रूपमा प्रवेश गराइन् । मिस टिनमा सेकेन्ड रनर्स अप भएपछि उनको नेम र फेम एक्कासि बढ्यो । त्यो बेलामा चर्चित ग्ल्यामर वेब पोर्टल साइबरसंसारले उनको विशेष फोटो सुट प्रकाशित गरेपछि ग्ल्यामरको क्षेत्रमा उनलाई थप ढोकाहरु खुल्न थाल्यो ।

साइबर संसारको फोटो सुट हेरेर उनलाई राजेश हमाल, शिव श्रेष्ठ, केकी अधिकारी अभिनीत ‘बागमती’ चलचित्रमा अभिनयको अवसर मिल्यो । यसपछि उनले ‘बाटो मुनिको फुल’ मा समेत अभिनय गरिन् ।

मोडलबाट अभिनेत्रीको रूपमा प्रवेश गरे पनि श्रेयाले आफ्नो पढाइलाई निरन्तरता दिँदै गइन् । पत्रकारितामा ब्याचलर गर्दै गरेकी श्रेयाले टेलिभिजनमा भिजेको काम गरिन् भने करिब ३० वटा जति म्युजिक भिडियोमा अभिनय र विभिन्न विज्ञापनहरूमा पनि आफूलाई प्रस्तुत गरिन् ।

सन् २०१८ मा आएपछि श्रेया वेब सिरिजमा प्रवेश गरिन् । नेपालका चर्चित अभिनेता सुनिल थापासँग उनले ‘डियर जिन्दगी’ मा अभिनय गरिन् । नेपाल टेलिभिजनबाट प्रसारण भएको यो सिरिज ५२ भागसम्म प्रदर्शन भयो ।

एउटा चलचित्रलाई लामो समय दिनु परेको कारण उनले आफ्नो पढाई नसकुन्जेल थाती राख्ने निर्णय गरिन् । यसो त उनले ‘बागमती’मा अभिनय गरेरै कारण उनलाई लन्डन स्थित वर्ल्ड बुक अफ रेकर्डस्ले ‘योंगेष्ट इमर्जिङ एक्ट्रेस’ द्वारा सम्मानित समेत ग¥यो । यो सम्मानले मलाई अभिनयको क्षेत्रमा अझै जिम्मेवार ढङ्गले प्रस्तुत हुनुपर्ने पाठ सिकाएको छ । मैले पहिला थिएटरमा अभिनयको सामान्य प्रशिक्षण गरेको थिए । अब राम्ररी अभिनय सिकेर मात्र चलचित्र क्षेत्रमा जानेछु ।

मोडलिङ प्रतिको उनको लगाव पनि उत्तिकै रहेको छ । उनले ह्वाइट पल इन्टरटेनमेन्ट नामक इभेन्ट कम्पनी पनि खोलेकी छिन् । यो कम्पनीले विभिन्न इभेन्टहरूको आयोजना गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?