धनगढी । सेती प्रादेशिक अस्पतालमा शुक्रवार २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
शुक्रवार सेती अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले डोटीको शिखर नगरपालिका – ३ कि ६५ वर्षीया महिला तथा डोटीको दिपायल सिलगढी नगरपालिका – १ का ३३ वर्षीय पुरुषको मृत्यू भएको बताए ।
सेती प्रादेशिक अस्पतालको पीसीआर प्रयोगशालामा १२१ जनाको परीक्षण गरिएकोमध्ये शुक्रवार २४ जनामा कोरोना पुष्टि भएको अस्पतालले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया