टोकियो ओलम्पिक: केन्याकी जेपचिरचिरले जितिन् महिला म्याराथनमा स्वर्ण

काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला म्याराथन विधातर्फ केन्याकी पेरेस जेपचिरचिरले स्वर्ण पदक जितेकी छिन्।

विश्व हाफ म्याराथन च्याम्पियनशिप २०२० की विजेता जेपचिरचिरले आफ्नै देशकी ब्रिगिड कोसगेई तथा संयुक्त राज्य अमेरिकाकी मोली सेइडललाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएकी हुन्।

जेपचिरचिरले स्वर्ण जित्ने क्रममा कोसगेई लाई १६ सेकेन्डले पछि पारेकी हुन्। कोसगेईले २ घण्टा २७ मिनेट ३६ सेकेन्डमा दौड पूरा गरेकी थिइन् भने जेपचिरचिरले २ घण्टा २७ मिनेट २० सेकेन्डमा नै दौड पूरा गरेकी थिइन्।

त्यस्तै तेस्रो स्थानमा रहेकी अमेरिकाकी सेइडलले कोसगेईभन्दा १० सेकेन्ड पछि दौड पूरा गर्दै काश्य पदक जित्न सफल भएकी हुन्।

पदक तालिका

स्वर्ण: पेरेस जेपचिरचिर २:२७:२०
रजत: ब्रिगिड कोसगेई २:२७:३६
काश्य: मोली सेइडल २:२७:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?