अस्ट्रेलियाविरुद्ध बंगलादेशलाई ऐतिहासिक सिरिज उपाधि

काठमाडौं। बंगलादेश भ्रमणमा रहेको अस्ट्रेलियन क्रिकेट टोलीले लगातार तेस्रो टी-ट्वान्टी खेलमा पनि हार बेहोर्दा बंगलादेशले सिरिज जितेको छ।

ढाकास्थित शेरे बांग्ला नेशनल स्टेडियममा शुक्रवार खेलिएको तेस्रो टी-ट्वान्टी खेलमा घरेलु टोलीले अस्ट्रेलियालाई १० रनले पराजित गर्दै सिरिज आफ्नो कब्जामा पारेको हो। टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२७ रनको साधारण योगफल तयार गरेको थियो।

बंगलादेशका लागि कप्तान महमदुल्लाहले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेलेका थिए। त्यस्तै अलराउन्डर शकिब अल हसनले २६ रन बनाउन सफल भएका थिए। अस्ट्रेलियाका लागि नेथन एलिसले सर्वाधिक ३ विकेट लिंदा जोश हेजलवुड र एडम जाम्पाले समान २-२ विकेट लिएका थिए।

जवाफी ब्याटिङमा १२८ रनको लक्ष्य बोकेर क्रिजमा उत्रेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा मात्र ४ विकेट गुमाउँदा केवल ११७ रन बनाउन सफल भयो। अस्ट्रेलियाका लागि अलराउन्डर मिचेल मार्सले ५१ रनको सर्वाधिक योगदान दिँदा ओपनर बेन मेकडेर्मोन्टले ३५ रन बनाएका थिए। बंगलादेशका लागि तिब्र गतिका बलर मुस्तफिजुर रहमानले व्यक्तिगत ४ ओभरमा मात्र ९ रन दिए।

The Bangladesh players celebrate the early wicket of Matthew Wade, Bangladesh vs Australia, 3rd T20I, Dhaka, August 6, 2021

यस जितसँगै बंगलादेशले पहिलो पटक अस्ट्रेलियाविरुद्ध अन्तराष्ट्रिय टी-ट्वान्टी सिरिजमा जित दर्ता गरेको छ। यस ऐतिहासिक उपाधि जित्दै बंगलादेशले ५ खेलको शृंखलामा ३-० को अग्रता समेत बनाउन सफल भएको छ। आफ्नो उत्कृष्ट ब्याटिङ तथा कप्तानीका लागि बंगलादेशका महमदुल्लाह खेलको ‘म्यान अफ दि म्याच’ चुनिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?