२४ माघ २०७९, मंगलवार

नेपाल–बंगलादेश व्यापार प्रवद्र्धनबारे छलफल

२०७४,आश्विन,२२,आईतवार १३:५२

0
Shares

काठमाडौँ, २२ असोज ।परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले बंगलादेशका परराष्ट्रमन्त्री अबुल हसान मोहमद अलीसँग आज बंगलादेशको राजधानी ढाकामा शिष्टाचार भेट गरेका छन ।भेटका क्रममा दुई देशबीचको व्यापार प्रवद्र्धन, सम्पर्क सञ्जाल विस्तार, ऊर्जा क्षेत्रमा लगानी, संस्कृति, उच्च शिक्षा र पर्यटन प्रवद्र्धनका विषयमा कुराकानी भएको ढाकास्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।छलफलका क्रममा दुई पक्षीय सहकार्य र समन्वयलाई थप विस्तार गर्ने समझदारी भएको छ । सचिव बैरागीले आजै बंगलादेशको ‘रोड ट्रान्स्पोर्ट एण्ड हाइवेज विभाग’का सचिव एमएएन सिद्धिकीसँग दुईपक्षीय बैठक गरेका थिए । उहाँहरुबीच दुई देशबीच यातायात र सम्पर्क सञ्जाल विस्तारका लागि समन्वय बढाउने विषयमा कुराकानी भएको थियो ।सो भेटघाटमा बंगलादेशका लागि नेपाली राजदूत डा चोपलाल भुसाल, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, व्यापारी तथा नेपाली राजदूतावासका अधिकारीको सहभागिता थियो ।

प्रकाशित मिति: २०७४,आश्विन,२२,आईतवार १३:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले सन् २०२६ सम्म पश्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पु¥याउने लक्ष्यसहित ‘पश्‍मिना क्षेत्र निर्यात राष्ट्रिय

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचकमा उच्च अंकको वृद्धि भएसँगै बजारमा हरियाली छाएको छ । मंगलबार नेप्से परिसूचक

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी विनिमय दर तय गरेको छ। जसअनुसार अमेरिकी डलरको भाउ १ रुपैयाँ ४४ पैसाले

काठमाडौं । विगतमा नेपाल राष्ट्र बैकले बिलासी वस्तुहरुको आयातमा गरेको कडिकडाउको सकारात्मक प्रभाव अर्थतन्त्रमा देखिएको छ । राष्ट्र बैंकले सोमबार

ताजा समाचार

बोक्सीको आरोप लाउनेलाई कैद सजाय
 २०७९,माघ,२४,मंगलवार २१:२९
कलाकार पदमप्रसाद पौडेलको निधन
 २०७९,माघ,२४,मंगलवार १७:२८