१. देशभर गरिएको १८ हजार ४ सय ८ कोरोना परीक्षणमा थप ३ हजार ९३८ जनामा संक्रमण पुष्टि, २ हजार १२ जना संक्रमणमुक्त, ३७ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२
२. ओली नै पार्टी एकताको विरुद्धमा लागेको नेपाल पक्षको आरोप, नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा भट्टराई र पाण्डे अनुपस्थित, ओली र नेपालबीच आज पनि भएन भेट ।
३. प्रक्रिया छोट्याएर महाधिवेशन गर्न कांग्रेस पौडेल पक्षको माग, भदौ २३ गतेपछि देउवालाई सभापति नमान्ने चेतावनी, ४२ जना युवा नेताहरूले महाधिवेशन गर्न पत्र बुझाए ।
४. लुम्बिनी प्रदेशसभा सदस्य सांसद विमला खत्री माओवादीमा फर्किइन्, मुख्यमन्त्री निवासमा ५ दिन बन्धक बनाइएको आरोप, ४ दलको गम्भीर आपत्ति ।
५. जयसिंह धामी बेपत्ता घटनाको छानबिन गर्न दार्चुला पुगेको गृह मन्त्रालयको छानबिन समितिको टोली स्थलगत अध्ययनका लागि मालघाट पुग्यो, सूक्ष्म ढङ्गले अध्ययन गरेरै प्रतिवेदन आउने उल्लेख ।
६. ओली सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग देउवा सरकारले खारेज गरेको विरोधमा नेपाल भूमिहीन सुकुमबासी संगठनले आन्दोलनका कार्यक्रम घोषणा, तत्काल निर्णय फिर्ता लिन माग ।
७. आजदेखि क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र दिन सुरु, अनलाइन पोस्ट रजिस्ट्रेसन गरी माग गरिएका विवरण तथा कागजातहरू अपलोड गरी प्रमाणपत्र लिन सकिने ।
८. सम्झौताअनुसार निर्माण सम्पन्न नगरेको भन्दै सरकारले विभिन्न सात कम्पनीलाई कालोसूचीमा राख्यो, एक वर्षसम्म सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन नपाउने ।
९. एपहरूमध्ये सुरक्षित मानिएको ह्वाट्सएपले ल्यायो नयाँ फिचर, एक पटक हेरेपछि फोटो स्वतः हराउने ।
१०. बूढानिलकण्ठ स्कुलमा निःशुल्क अध्ययनका लागि गरिब तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्तिमा अध्ययनको आवेदन खुला, इच्छुक उम्मेदवारले स्कुल वा शिक्षा विभागको वेबसाइटबाट फाराम भरेर बुझाउनुपर्ने ।
११. भरियामार्फत नेपाल भित्र्याइएको ३७ लाखको सुनसहित २ जना पक्राउ, भन्सार छली गरी अवैध आयात गर्ने गिरोह खोज्दै प्रहरी ।
१२. बंगलादेशमा जन्ती सवार डुंगामा चट्याङ लाग्दा १६ जना जन्तीको मृत्यु, बेहुलासहित १२ जना घाइते ।
१३. देश संकटमा फसेको भन्दै लेबनानले माग्यो विश्व समुदायसँग सहयोग, अकल्पनीय तरिकाले गरिबीको बढेको भन्दै कोरोनाको आहतबारे जानकारी दिए राष्ट्रपतिले ।
१४. एक सातामा ४० लाखभन्दा बढी संक्रमित थपिएको जानकारी दिँदै विश्वभर फेरि कोरोना संक्रमण बढेको डब्लुएचओको भनाइ, स्वास्थ्य मापदण्ड नअपनाए विकराल परिस्थिति झेल्नुपर्ने, चीनमा पनि कोरोना फैलिँदै ।
१५. आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु, सिरिज आगामी सेप्टेम्बरमा ओमानमा हुने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया