माओवादी केन्द्रको बैठक सकियो, भयो यस्तो तीन निर्णय

लोकपथ
286
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । शुक्रबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा विभिन्न ३ विषयमा छलफल तथा निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए

बैठकमा सत्तारुढ ५ दलीय गठबन्धनको कार्यदलले बनाएको ‘साझा न्युनतम कार्यक्रम’ बारे अध्यक्ष प्रचण्डले सहभागीहरुलाई जानकारी गराएका थिए ।

त्यस्तैै बैठकले तत्काल गठबन्धनको तर्फबाट उक्त साझा कार्यक्रम सार्वजनिक गर्न अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।

त्यसैगरी बैठकले लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीको अपहरणबारे विरोध गरेको छ । प्रदेशसभा सदस्य वलीले आफूलाई दाङबाट अपहरण गरी मुख्यमन्त्रीको निवासमा बन्दी बनाएको बताएकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको श्रेष्ठको भनाइ छ ।

यस्तै  संविधान तथा कानुनका आधारमा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अबिलम्ब उच्चस्तरीय आयोग गठबन्धन गर्न पनि बैठकले सरकारसँग अनुरोध गर्ने निर्णय गरेको श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?