प्रभु बैंकद्वारा मेसिनबाटै खातामा रकम जम्मा गर्न सक्ने सेवा सञ्चालनमा

लोकपथ
245
Shares

काठमाडौं । प्रभु बैंक लिमिडेटले मेसिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुको सुविधालाई मध्येनजर गर्दै नगद जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै भौतिक रुपमा उपस्थित हुनु पर्ने बाध्यतालाई अन्त्य गर्दै अब क्यास रिसाइकल मेसिन (सीआरएम) बाट आफुले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा आजदेखि औपचारिकरुपमा बैंकले सञ्चालनमा ल्याएको हो ।

क्यास रिसाइकल मेसिनबाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालको लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको छ । यो सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै बैंकले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

बैंकले औपचारिकरुपमा आजदेखि सञ्चालनमा ल्याएको मेसिनबाट बैंक खातामा रकम जम्मा गर्न मिल्ने सुविधा उपभोग गरी रकम जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै जानु पर्ने बाध्यता हटेको छ ।

जारी विज्ञप्तिमा भनिएको छ,‘ यसबाट ग्राहक महानुभावहरुको समयको बचत हुनेछ र बैंकको नगद काउण्टरमा लाइन बस्नुपर्ने बध्यताको अन्त्य हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?