यी हुन् नेपाल पक्षको बैठकमा केन्द्रीय सदस्यहरुले राखेका ४ प्रस्तावहरु

लोकपथ
1.1k
Shares

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सकिएको छ ।

बिहीबारबाट काठमाडौंमा सुरु भएको बैठक शुक्रबार सकिएको हो । दुई दिन चलेको बैठकमा वर्तमान अवस्थाको बारेमा छलफल भएको केन्द्रीय सदस्य रघुजी पन्तले जानकारी दिए ।

त्यसैगरी आजको बैठकमा केन्द्रीय सदस्यहरुले विभिन्न ४ प्रस्तावहरु राखेको उनले जानकारी गराएका छन् ।

यी हुन् ४ प्रस्तावहरु :

पहिलो : सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेको फैसलालाई स्वागत गरियो ।

दोस्रो : पार्टी एकताको लागि १० बुँदे सहमती भएको र वार्ता चलिरहेको अवस्थामा पार्टीका वरिष्ठ नेता लगायत विभिन्न नेताहरुमाथी अनेकौ प्रकारका टिप्पणी र लान्छाना लगाउने काम उचित र मर्यादित होइन । यसप्रति यो बैठक दुख व्यक्त गर्दछ । यस्तो लान्छाना लगाउने काम कतैबाट हुनु हुँदैन । त्यैले विचार व्यक्त गर्दा सम्पूर्ण पार्टी पंक्ति संयमित, जिम्मेवार र संवेदनशील हुनु आवश्यक छ । यो बैठक यो प्रति सम्बन्धित सबैको ध्यानाकर्षण गर्दछ ।

तेस्रो : पार्टी एकताको लागि कुराकानी र वार्ता चलिरहेको अवस्थामा एक पक्षीय ढंगले सदस्यता नविकरण, नयाँ निर्माण र पुनर्गठन गर्ने जस्ता काम अघि बढाइनु एकताको भाँजो हाल्ने काम हुन जान्छ । त्यसैले तत्काल सदस्यता नविकरण गर्ने काम र सबै संगठनात्मक गतिविधि रोक्न यो बैठक सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गर्दछ ।

चौथोँ : अहिलेसम्म भएका १० बुँदे सहमती लगायतका सहमतीहरुले एकताको आधार निर्माण गरेका छन् । १० बुँदे लगायतका सहमतीहरुलाई कार्यान्वयन गराउँदै एकताका थप आधारहरु तयार पार्न कुराकानी र वार्ता निरन्तर भइरहेको छ । हामीले पार्टीलाई एकतावद्ध बनाउने दिशातर्फ सजगताका साथ अघि बढ्न आवश्यक छ । यस सम्बन्धमा थप निर्णयहरु जिम्मेवारी स्थायी कमिटीलाई दिइएको छ ।

आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरेपनि आफू पार्टी एकताकै पक्षमा रहेको धारणा व्यक्त गरेको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?