स्वास्थ्य संस्थाहरुको गुणस्तर बढाउन सांसदको माग

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य (सांसद) तारादेवी भट्टले सरकारले स्वास्थ्यसंस्थाहरुको गुणस्तर बढाउनुपर्ने बताएकी छन्।

शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद भट्टले सरकारले कोभिड–१९ को नियन्त्रणका लागि आफ्नो सम्पूर्ण संरचनाहरुको प्रयोग गर्नुपर्ने बताइन् । उनले स्वास्थ्य संरचना कमजोर रहेको उल्लेख गर्दै ती संरचनाको सुदृढीकरण र क्षमता अभिवृद्धि गर्न सरकारी स्वास्थ्य संस्थाहरुको गुणस्तर बढाउनुपर्ने बताइन् ।

उनले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अहिले दुईवटा ठुला चुनौती छन् । एक, कोभिडको नियन्त्रणमा आफ्नो सम्पूर्ण संरचनाहरुको पूर्ण रुपले प्रयोग र परिचालन गर्ने । दोस्रो, आफ्ना तिनै कमजोर संरचनाहरुलाई सुदृढीकरण गर्ने र क्षमता अभिवृद्धि गर्ने र सरकारी स्वास्थ्यसंस्थाहरुको गुणस्तर बढाई जनताको विश्वसनीयता बढाउने । जसले गर्दा नेपालीहरुको आउट अफ पकेट खर्च घटोस् । यसो हुन सके स्वास्थ्य सहि बाटोमा हिडेको मान्न सकिन्छ । अहिले कुल बजेटको सात प्रतिशतभन्दा माथि बजेट छ तर यसको कार्यान्वयनमा ठुलो चुनौती छ ।’

सांसद भट्टले राष्ट्रिय गौरवका आयोजनामा काम गर्ने श्रमिकहरुलाई कोभिड– १९ विरुद्धको खोपको व्यवस्था गर्न पनि सरकार समक्ष माग गरिन्। बालकालिकाले इन्टरनेटको अधिकतम प्रयोग गर्दा उनीहरुलाई मनोवैज्ञानिक असर परेको भन्दै उनले पब्जी, फ्रिफायर लगायतका एप्लिकेशनहरु बन्द गर्न सरकारलाई अनुरोध पनि गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?