माधव नेपालले भने–’केपी ओलीले जति नै गाली गरे पनि म पार्टी एकताकै पक्षमा छु’

लोकपथ
663
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले पनि एकताको लागि मेरो प्रयन्त जारी रहेको बताएका छन् ।

आज बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकताकै पक्षमा रहेको बताए।

‘केपी ओलीले मलाई जति नै गाली गरे पनि म अहिले पनि पार्टी एकता होस् भन्ने पक्षमा छु,’ नेता नेपालले बैठकमा भनेका कुरा उद्धृत गर्दै नेता रघुजी पन्तले भने, ‘केपी ओलीले हामीलाई अल्मल्याउन खोजेको त होइन भन्ने धेरै साथीको आशंका छ। तर म त्यस्तो नहोला भन्ठानेर एकतामा जोड दिन चाहन्छु।’

साथै नेता पन्तले पार्टी एकताको ‘च्याप्टर क्लोज’ नभएको बताएका छन्। ‘एकताका लागि च्याप्टर क्लोज भएको छैन। हामी लतारिँदैनौं। सम्मानजनक एकताको पक्षमा छौं। एकताको मुल बाटोबाट बाहिरिएका छैनौं,’ उनले भने।

आज बसेको केन्द्रीय कमिटी बैठकले सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएकोमा स्वागत गर्ने निर्णय पनि गरेको छ। १० बुँदे सहमतिले पार्टी एकताको आधार तय गरेको र थप आधार तयार पार्न कुराकानी भइरहेको पनि नेता पन्तले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?