काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आफूहरु सत्ता पक्ष नभएको दाबी गरेको छ ।
आज बसेको केन्द्रीय कमिटीका निर्णयहरु सुनाउँदै एमाले केन्द्रीय सदस्य रघुजी पन्तले आफूहरु सत्ता पक्ष नभएको बताएका हुन् ।
सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले भने-‘हामीहरु सत्ता पक्ष होइनौँ ।’
पार्टी एकताको विषयमा छलफल गर्न बिहीबारबाट बैठक सुरु भएको थियो । दुई दिनको बैठकमा ५५ भन्दा बढी केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए ।
केन्द्रीय सदस्यहरुले सम्मानजनक रुपमा पार्टी एकतामा जोड दिन आग्रह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया