माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

लोकपथ
65
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । सत्तारुढ गठबन्धनको कार्यदलले बुझाएको प्रतिवेदन र मन्त्री छनोटबारे बैठकमा छलफल भइरहेको छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको सात सदस्यीय कार्यदलले आजै बिहान गठबन्धनका शीर्ष नेतालाई सरकार सञ्चालनबारे प्रतिवेदन बुझाएको थियो । यसअघि माओवादी अध्यक्ष प्रचण्डले कार्यदलले प्रतिवेदन बुझाएपछि मन्त्रीबारे टुङ्गो लगाउने बताएका थिए ।

पहिलो चरणमा कांग्रेसका दुई र माओवादीका २ जना मन्त्री नियुक्त गरेका प्रधानमन्त्री देउवाले दोस्रो पटक स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?