संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउन सांसदको माग

लोकपथ
52
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउन माग गरेकी छन् । शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद पौड्यालले संक्रमणकालीन न्यायलाई टिो टुंगो लगाउनुपर्ने बताइन् ।

बृहत शान्ति सम्झौता भएको र नयाँ संविधान बनेको पनि लामो समय भइसक्दा द्धन्दपीडितले न्याय नपाएको तथा पीडकको पहिचानसम्म हुन नसकेको भन्दै राजनीतिक दलले गरेको प्रतिबद्धता पुरा गर्न नसकेको उनले बताइन् ।

उनले संक्रमणकालीन न्याय नटुंगिए शान्ति प्रक्रिया नै पुरा नहुने भएकाले आगामी चुनावसम्ममा संक्रमणकालीन न्यायलाई टुंग्याउन माग गरिन् ।

उनले भनिन्, ‘जबसम्म संक्रमणकालीन न्यायको मुद्धा टुंगिदैन, तबसम्म शान्ति प्रक्रिया हाम्रो टुंगिएको मानिदैनँ । र हामीले विश्व सामु गौरव गर्ने ठाउँ पनि छैन । त्यसले गर्दा यदि कानूनमा कमी छ भने कानून संशोधन गर्न लिएर आउनुस् । हामी कानून संशोधन गरौँ । कानूनमा संशोधन गरेर यो कुरालाई टुंग्याउँ । अर्को चुनावमा जानुभन्दा अगाडी संक्रमणकालीन न्यायको मुद्धा टुंगियोस् भनेर मैले सरकारलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहान्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?