काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सकिएको छ ।
बिहीबारबाट शुरु भएको बैठकमा ५५ जना केन्द्रीय कमिटीका सदस्यहरुले पार्टी एकताका विषयमा आफ्ना धारणाहरु व्यक्त गरेका छन् ।
बिहीबार बसेको बैठकमा २३ र शुक्रबारको बैठकमा ३२ जनाले आ-आफ्नो भनाइ राखेका थिए ।
आजको बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका सवालका विषयमा नेतृत्वले अर्को केन्द्रीय कमिटी बैठकमा जवाफ दिने बताइएको छ ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता गर्न नचाहेको र उनले झुटको खेती गरिरहेकाले त्यसमा पछि लाग्न नहुनेमा नेताहरुले सुझाव दिएका थिए ।
त्यसैगरी आजको बैठकमा सम्मानजनक र सहअस्तित्वका आधारमा गरिने, ओलीसँग एकता सम्भव हुनेमा शंका रहेको र १० बुँदे सहमतीमा नेताहरुको आकांक्षा र एकता सम्भव नहुने विषयमा समेत छलफल भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया