प्रधानमन्त्रीको प्रचारशैली बन्द गर्न कांग्रेस महामन्त्री र प्रवक्ताको आग्रह

लोकपथ
728
Shares

काठमाडौं । केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाको नाममा सचिवालयले भिडियो सार्वजनिक गर्यो ।

‘मलाई शेरबहादुर देउवा मनपर्छ । किनभने…’ लेखिएको भिडियोप्रति कांग्रेसकै नेताहरु असन्तुष्ट देखिएका छन् ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाको भिडियो मार्फत गरिएको प्रचार बन्द गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महामन्त्री खड्काले उक्त कार्यलाई गाइजात्राको संज्ञा दिँदै बन्द गर्न सचिवाललाई आग्रह गरेका छन् ।

सभापति एवं प्रधानमन्त्री देउवा देश, जनता र लोकतन्त्रका लागि आफूलाई स्थापित गरेको कारण प्रचारशैली बन्द गर्न आग्रह गरेँ ।

सामाजिक सञ्जालमा लेख्दै भनेका छन् ‘जीवनको हरेक क्षण देश,जनता र लोकतन्त्रका लागि समर्पण गरी जनताका बिचमा स्थापित कांग्रेस सभापति तथा प्रधानमन्त्री आदरणीय शेरबहादुर देउवाज्युका बारेमा सामाजिक सन्जालमार्फत सुरु गरिएको भिडियो गाईजात्रा तत्काल बन्द गर्न प्रधानमन्त्रीको सचिवालयलाई विशेष अनुरोध गर्दछु ।’

यता प्रवक्ता विश्वप्रकाश शर्माले अहिले प्रधानमन्त्रीले का म गर्ने बेला भएको बताउँदै सही सल्लाह र साथ दिने बेला भएको बताए । साथै राम्रो काम गरेमा जनताले नै भिडियो बनाउने बताए ।

उनले भने- ‘प्रधानमन्त्रीले काम गर्ने बेला हो यो उहाँलाई सही सल्लाह र साथ दिने बेला हो िकाम राम्रो भए जनता आफैँले बनाउने छन्( (भिडियो), नत्र पार्टीले बनाउला !’

खोपदेखि भोटसम्मको यात्रा रहेको भन्दै तीन तहको निर्वाचन गराउनुपर्ने जिम्मेवारी रहेको भन्दै प्रचारशैली बन्द गर्न सचिवालयको ध्यानाकर्षण गराएका छन् ।

परिणाम राम्रो दिन सकेमा जनताले आफैँ भिडियो बनाउने भन्दै हजारौँ स्वंयसेवी लामबद्ध हुने बताए ।

उनले भने- ‘पहिले फुल रोपौं, गोडमेल राम्रो गरौं, सुवास प्रकृतिले पछि फैलाउँछ । प्रधानमन्त्रीको सचिवालयझको ध्यानाकर्षण गराएको छु  । ‘खोपदेखि भोटसम्म’ को यो यात्रा तीन तहको निर्वाचनमार्फत संविधान कार्यान्वयनको अघिल्लो सफलता भन्दा चुनौतीपूर्ण छ जति चुनौती उति नै गम्भीरता अपेक्षित हुन्छ ! परिणाम राम्रो दिऊँ, प्रचारको कमान्ड सम्हाल्न हजारौं स्वयंसेवी लामबद्ध हुनेछन् । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?