वर्षातमा मेकअप कसरी गर्ने

वर्षातमा मेकअप बग्ने सम्भावना बढी रहन्छ । यस समस्याबाट छुटकारा पाउन सबैभन्दा पहिला अनुहारलाई सफा गर्नुपर्छ । त्यसपछि बरफको एउटा टुक्रा पातलो कपडामा बेरेर अनुहारमा ५ देखि १० मिनेटसम्म रगड्ने । यसो गर्दा अनुहारमा पसिना आउँदैन र मेकअप लामो समयसम्म रहँछ ।बरफको टुक्राले मसाज गरेपछि तैलीय छाला भएका महिलाले एस्ट्रिजेन्टको प्रयोग गरेर आफ्नो छालाको सुरक्षा गर्न सक्छन् । सुख्खा अथवा सामान्य छाला हुने महिलाले टोनरको प्रयोग गर्दा राम्रो हुन्छ ।वर्षातमा फाउन्डेसको प्रयोग नगर्दा राम्रो हुन्छ । त्यसको साटो अनुहारमा पाउडरको बेस तयार पार्नुपर्छ । फेस पाउडरले अनुहारलाई फ्रेस देखिन मद्दत गर्नेछ ।आँखाको सुन्दरता बढाउन पातलो आइलाइनर लगाउने । हल्का रङका आइस्याडोले आँखाको माथिको भाग हाइलाइट गर्ने । यदि मस्कारा लगाउँदै हुनुहुन्छ भने भने वाटर पु्रफ मस्काराको मात्र प्रयोग गर्ने ।ओठका लागि हलुका वा म्याट लिप रङका लिपस्टिकको प्रयोग गर्ने । म्याट लिप सेड्स लामो समयसम्म ओठमा रहिरहन्छन् । ओठलाई अझै बढी आकर्षक बनाउन लिपग्लसको प्रयोग गर्न सकिन्छ ।वर्षातमा कपाल भरसक बानेर राख्दा राम्रो हुन्छ । यो मौसममा कपाल खुला राख्नु भनेको कपाललाई हानि पु¥याउनु हो । वर्षातमा कपाल कमजोर भएर झर्ने समस्या बढी देखिन्छ । त्यसैले यो मौसममा कपाल बान्नु उचित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?