भौतिक रुपमा सञ्चालन भइरहेका परीक्षाबारे पुनर्विचार गरौँ : विनोद चौधरी

लोकपथ
336
Shares

काठमाडौं । उद्योगपति विनोद चौधरीले कोरोना जोखिम बढिरहेको बेला भौतिक रुपमा परीक्षाहरु सञ्चालन गर्न नहुने बताएका छन् ।

नेपाली कांग्रेसका सांसद समेत रहेका चौधरीले विद्यार्थीहरुको जीवन रहे परीक्षाको अवसर आउने भन्दै भौतिक रुपमा परीक्षाहरु सञ्चालन गर्ने निर्णय पुनर्विचार गर्नुपर्ने बताए ।

सामाजिक सञ्जालमा लेख्दै चौधरीले मानिसको स्वास्थ्य भन्दा ठूलो अरु हुन नसक्ने बताउँदै परीक्षाहरु रोक्न ढिला गर्नु नहुनेमा जोड दिए ।

उनले भनेका छन्- ‘सबैतिर कोरोनाको जोखिम बढिरहेकाले हामी अत्यन्तै सावधान हुनुपर्छ। यस्तो बेला जोखिम लिनु बुद्धिमानी हुँदैन। जीवन रहे पढाइ र परीक्षाका अवसर आउँछन्। त्यसैले भौतिक रूपमै परीक्षा सञ्चालन गर्ने निर्णयमा तत्काल पुनर्विचार गरिनु आवश्यक छ, अबेर नगरौं। सन्तानको स्वास्थ्यभन्दा ठूलो केही छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?