माधव समूहप्रति बाँस्कोटाको कटाक्ष : ‘देउवा मन पर्छ भन्ने टिकटक बनाउने’

लोकपथ
234
Shares

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षविरुद्ध कटाक्ष गरेका छन् ।

नेपाल पक्षले छुट्टै भेला र बैठक राखेको प्रति आपत्ति जनाउँदै नेता बाँस्कोटाले नवीकरण प्रक्रिया र विधान महाधिवेशन अघि बढ्ने बताए ।

सामाजिक सञ्जालमा लेख्दै उनले नेपाल पक्षलाई पार्टी एकता भाड्न खोजेको आरोप संस्थापन पक्षले मागहरु सुन्न नपर्ने जिकिर गरेका छन् । साथै गठबन्धन सरकारलाई सहयोग गरेको भन्दै देउवाको भजन गाउन र टिकटक बनाए हुन्छ भन्दै कटाक्ष समेत गरेका छन् ।

सामाजिक सञ्जालमा लेखेका छन्- ‘न नवीकरण प्रकृया रोकिन्छ न त विधान महाधिवेशन नै।पार्टी नै भाँड्न खोज्नेका माग सुन्न पर्दैन । आए गल खेत छँदै छ गए झोडा फाँडेर खुइ काड्लान । त्यो पनि नभए देउवाको भजन किर्तन मण्डलीको सदस्य बन्ने, देउवा मन पर्छ भन्ने टिकटक बनाउने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?