घुस अस्वीकार गर्ने ३६ जना ट्राफिक प्रहरी सम्मानित

लोकपथ
611
Shares

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरी जिम्मेवारी निर्वाह गर्ने प्रहरी निरीक्षकसहित ३६ जना ट्राफिक प्रहरीलाई आज एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

सम्मानित हुनेमध्ये ९ जनालाई नगदसहित वृद्धि विकासमा सहयोग पुग्ने गरी पुरस्कृत गरिएको महाशाखाले जनाएको छ । अन्यलाई भने खादा ओढाएर प्रशंसापत्रसहित सम्मान गरिएको छ ।

सम्मानित हुनेहरुमा प्रहरी निरीक्षक शंकर खड्कासहित प्रहरी सहायक निरीक्षक मणिकान्त झा, प्रहरी हवल्दारद्वय बिनोद गोतामे र सन्तोष कुमार शाह साथै प्रहरी जवानहरु अमर यादव, केशव बिष्ट, दिनेश श्रेष्ठ, देवीराम धमला, कृष्ण बहादुर शाही रहेका छन ।

त्यस्तै प्रहरी हवल्दारहरु अशोक कुमार धवल, उमेश राम, कृष्ण कुमार प्रजापती, नारायण दत्त भट्ट, पदम सिंह धामी, प्रमानन्द यादव, बसन्त कुमार गौतम, बिरेन्द्र कलवार, सम्भु नारायण यादव, शिव नारायण चौधरी सम्मानित भएका छन् ।

त्यसैगरी प्रहरी जवानहरु कमल खड्का, अरुण अधिकारी, गणेश ओझा, गुणकर अवस्थी, दिनेश बि।क।, प्रकाश थापा, प्रज्ञान के।सी, मनोज कुमार चौधरी, दिनेश लामा, महेन्द्र प्रसाद शर्मा, यशोदा भट्ट, राकेश कुमार शाह, राजेन्द्र कार्की, लक्षमण सिंह बोहोरा, बिजय सिंह ऐर, श्याम सुन्दर यादव, हेमन्त बहादुर खड्का सम्मानित भएका छन् ।

महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले उनीहरुलाई खादा ओढाएर प्रशंसापत्रसहित सम्मान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?