लागुऔषधसहित एक व्यक्ति पक्राउ

लोकपथ
117
Shares

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट लागुऔषध गाँजासहित आज बिहान एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

धादिङबाट काठमाडौँ आउँदै गरेको बा४ख ४४४७ नम्बरको बसमा जाँच गर्ने क्रममा बसमा सवार सञ्जय लामालाई उक्त गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले आफू बसेको सिटमुनि झोलाभित्र प्लाष्टिकमा लुकाएर ल्याएको अवस्थामा चार किलो गाँजा बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

लामाउपर लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?