माओवादीले बोलायो स्थायी कमिटी बैठक, यस्ता छन् एजेण्डा

लोकपथ
91
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले बुझाएको प्रतिवेदन र मन्त्री छनोटबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । शुक्रबार अपरान्ह चार बजेका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् ।

माओवादी केन्द्रका कार्यलय सचिव श्रीराम ढकालका अनुसार आजको बैठकमा सरकार सञ्चलनका लागि सत्तारुढ दलको कार्यदलले बुझाएको प्रतिवेदन र मन्त्री छनोटबारे छलफल हुनेछ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको सात सदस्यीय कार्यदलले आजै बिहान गठबन्धनका शीर्ष नेतालाई सरकार सञ्चालनबारे प्रतिवेदन बुझाएको थियो । यसअघि माओवादी अध्यक्ष प्रचण्डले कार्यदलले प्रतिवेदन बुझाएपछि मन्त्रीबारे टुङ्गो लगाउने बताएका थिए ।

पहिलो चरणमा कांग्रेसका दुई र माओवादीका २ जना मन्त्री नियुक्त गरेका प्रधानमन्त्री देउवाले दोस्रो पटक स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?