घरको पर्खालले किचेर एक जनाको मृत्यु

लोकपथ
70
Shares

झापा । झापाको झापा गाउँपालिका २ झापा बजारका ३५ वर्षीय रपेश सिंहको घरको पर्खालले किचेर मृत्यु भएको छ ।

बिहीबार बिहान ९ बजे सोही स्थानका विकाश अग्रावालको घर भत्काउने क्रममा घरको पर्खाल ढली किचेर गम्भीर घाइते भएका सिंहको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा दिउसो २ बजे मृत्यु भएको हो । सिंह घर भत्काउने मिस्त्रीको काम गर्दै आइरहेका थिए ।

घटनाको बारेमा इलाका प्रहरी कार्यालय कुमारखोदबाट प्रहरी टोली खटिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?