काठमाडौं । पार्टी एकता प्रक्रिया चलिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान संशोधनका लागि नेताहरुसँग आन्तरिक छलफल गर्ने भएका छन् ।
आगामी भदौ २७ र २८ गते हुने विधान महाधिवेशनको तयारीस्वरूप अध्यक्ष ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटीका सीमित नेताहरूसँग छलफल गर्न लागेका हुन् ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले अध्यक्ष ओलीले स्थायी र केन्द्रीय समितिका केही नेताहरुसँग आन्तरिक छलफल गर्न लागेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया