४ आश्विन २०७८, सोमवार

बेलायतको रश्मोर काउन्सिलले गर्‍यो गोरखामा ७० लाखको पीपीई सहयोग

२०७८,श्रावण,२२,शुक्रवार ०९:४४


गोरखा । बेलायतको रश्मोर बरो काउन्सिलले नेपालको गोरखा जिल्लामा ठूलो परिमाणमा पीपीई सहयोग गरेको छ । गत वर्ष जिल्लाको गोरखा नगरपालिकासँग मितेरी साइनो गाँसेको बेलायतको रश्मोर काउन्सिलले ७० लाख रुपैयाँ भन्दा बढीको पीपीई नगरपालिकालाई उपलब्ध गराएको रश्मोर बरोका काउन्सिलर जीव बेल्वासेले बताए ।

गोरखाका सबै स्थानीय स्वास्थ्यकर्मी तथा अत्यावश्यक सेवामा खटिएका कर्मचारी र स्वयंसेवकहरूका लागि मास्क, पञ्जा, एप्रोन, जुत्तालगायत स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको रश्मोर अर्का काउन्सिलर नेम थापाले जानकारी दिए ।

काउन्सिलर बेल्वासेको प्रमुख पहलमा गरिएको सहयोग हस्तान्तरणको औपचारिकताका लागि बिहीबार सम्पन्न कार्यक्रममा रश्मोर बरोका प्रमुख ब्रुस थोमसले नगरपालिकाका प्रमुख राजनराज पन्तलाई सहयोग हस्तान्तरण गरेका थिए । भर्चुअल कार्यक्रममा नगरपालिका प्रमुख पन्तले काउन्सिलले हस्तान्तरण गरेको स्वास्थ्य सामग्री जिल्लाका सबै तहमा आवश्यकतानुसार उपलब्ध गराइने बताए ।

सो अवसरमा रश्मोर बरोका तर्फबाट काउन्सिलका नेता डेभिड क्लिफोर्ड, काउन्सिलरहरु बेल्वासे र थापा, काउन्सिलको डेमोक्रेसी एन्ड कम्युनिटी विभाग प्रमुख एन्ड्रु कोल्भर, ग्रेटर रश्मोर नेप्लिज कम्युनिटीका अध्यक्ष रामधन राई, गोर्खा वेल्फेयर ट्रष्टका ग्यारी घले, पत्रकार वाचस्पति रेग्मी र गोरखा नगरपालिकाका तर्फबाट उपप्रमुख बीना श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त लगायतको उपस्थिति थियो । सहयोग हस्तान्तरण कार्यक्रममा रश्मोर बरोका प्रमुख थोमसले उपलब्ध सहयोग गोरखावासीको स्वास्थ्य सुरक्षाका लागि सहयोगी बन्ने आशा व्यक्त गरे ।

प्रकाशित मिति: २०७८,श्रावण,२२,शुक्रवार ०९:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

वासुदेव पौडेल/गण्डकी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले आफ्नो सय दिनको कार्यावधिमा प्राकृतिक विपद्को उद्धार तथा राहतदेखि कोरोना

काठमाडौं । सर्वोच्च अदालतले नकारात्मक टिप्पणी गरेको वा अभिव्यक्ति दिएकै आधारमा कसैलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख र निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटको सुनुवाई ‘हेर्दा हेर्दैमा’ राखिएको छ

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको

ताजा समाचार