४ आश्विन २०७८, सोमवार

नेपालमै पहिलो पटक केएमसीले सुरु गर्यो ‘रोवटिक सर्जरी’

२०७८,श्रावण,२२,शुक्रवार ०७:४०


काठमाडौं । काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक ‘रोवटिक सर्जरी’ सुरु गरेको छ ।
केएमसीले पत्रकार सम्मेलन गर्दै नेपालमै पहिलो पटक ‘रोवटिक सर्जरी’ थालिएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी अध्यक्ष डा.सुनिल शर्माले रोबटीक सर्जरी सुरु गरेर केएमसीले नेपालको न्यूरो सर्जरीका क्षेत्रमा नयाँ आयाम थपेको बताए । ‘अत्याधुनिक र भरपर्दो उपचारका लागि नेपालमै पहिलो पटक केएमसीले रोवटिक सर्जरी थालेको छ,’ डा.शर्माले भने, ‘नेपालको न्यूरो सर्जरीका क्षेत्रमा यो नयाँ आयाम हो ।’

केएमसीका जेनेरज मेनेजर नारायण दाहालले रोवटीक सर्जरीबाट भरपर्दो उपचारको थालनी भएकाले यसबाट विरामीहरुलाई धरै राहत मिल्ने बताए । केएमसीका बरिष्ठ न्यूरो सर्जन प्रा.डा.अमित थापाले रोवटीक सर्जरीका वारेमा भिडियोसहित जानकारी गराएका थिए । सुक्ष्म एवं जटिल शल्यक्रियामा रोवटको सहायता लिदा शल्यक्रिया गर्न धेरै सहज हुँने बरिष्ठ न्यूरो सर्जन प्रा.डा.थापाले जानकारी दिए । रोवटिक सर्जरी’ मा चिकित्सकले बनाएको अप्रेशन योजनामा रोवटको सहायता लिएर अप्रेशन गर्ने गरिन्छ ।

अत्याधुनिक ‘रोवटिक सर्जरी’ का लागि केएमसीले यूएसबाट करिब १० करोडको लागतमा मेसिन खरिद गरेर ल्याएको हो । न्युरो सर्जरीका लागि एस ८ स्टिल्थ सिस्टम विथ गाइड, एनआईएमएस एक्लिप्स भर्सन ४ अल्ट्रा अपरेटिभ‚ नेभिगेटेड ड्रिल एन्ड एमआईएसएस सिस्टमजस्ता अत्याधुनिक उपकरण खरिद गरिएको छ । अहिले न्यूरो सर्जरीका लागि रोवट प्रयोगमा ल्याएको केएमसीले अब अन्य सर्जरीमा पनि रोवटको प्रयोग गर्ने योजना बनाएको छ ।

 

प्रकाशित मिति: २०७८,श्रावण,२२,शुक्रवार ०७:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभित्रै बिजुली खपत गराउने उद्देश्यका साथ ठूला उद्योगलाई मागेजति विद्युत् उपलब्ध गराउन थालेको छ ।

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये मंगलबार सात जिल्लामा अधिवेशन हुँदैछ । यही

बलेवा । नेपाली कांग्रेस महाधिवेशनको पहिलो चरण अर्थात् वडा अधिवेशन सकिएको छ। त्यसपछिको गाउँपालिका तथा नगरपालिका तहको अधिवेशनले चर्चा पाइरहेको

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय समिति बैठक काठमाडौंको बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा बस्ने तय भएको छ । सो

ताजा समाचार