‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’ को फारम भर्ने समय साउन २८ सम्म थप

लोकपथ
156
Shares

काठमाडौं । ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’ को फारम भर्ने समय साउन २८ सम्म थप गरिएको छ ।

१५ साउनसम्म फारम भर्ने मिति तोकिएको ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’ को फारम भर्ने समय साउन २८ गतेसम्मका लागि थपिएको हो ।

‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’ अवार्ड आगामी भदौमा आयोजना हुने र यो अवार्डको लागि गीत संगीत, म्युजिक भिडियो, चलचित्र, लघू चलचित्र, फेशन, मोडलिङ, सामाजिक अभियान जस्ता विधामा प्रतियोगीले फारम भर्न सक्ने आयोजक संस्था क्लालिटी फिल्मस्का अध्यक्ष उमेश गुरुङले बताए ।

यो अवार्डको लागि २०७६ बैशाख १ बाट २०७८ असार मसान्त सम्म रेकर्ड भएर सार्वजनिक रुपमा आएका गीत संगीत, म्युजिक भिडियो, चलचित्र, लघू चलचित्र फेशन कार्यक्रम, मोडलिङ जस्ता विधाले भाग लिन पाउने जनाइएको छ ।

यस इन्टररटेनमेन्ट अवार्ड अन्तर्गत गीत संगीत, म्युजिक भिडियो, चलचित्र, लघू चलचित्र, फेशन, मोडलिङ, सामाजिक अभियान जस्ता विविध विधामा अवार्ड प्रदान गरिने पनि क्वालिटी फिल्मस्का अध्यक्ष गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?