प्रदेश १ प्रदेश सभाबाट विधेयकसम्बन्धी प्रस्ताव पारित

लोकपथ
104
Shares

मोरङ । प्रदेश नं १ को प्रदेशसभा बैठकले ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी प्रस्ताव आज सर्वसम्मतिले पारित गरेको छ ।

प्रदेश नं १ प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगरले सो विधेयक प्रस्ताव सदनमा पेश गरेका थिए ।

मन्त्री मगरले हाम्रो कृषि जीविकोपार्जन गर्ने किसिमको मात्र भएको अवस्थामा कृषि एवं कृषि उत्पादन बढाउन सरकारले अनुदानको व्यवस्था गरेको बताए ।

उनले अनुदान विभिन्न स्वरुपमा रहेकाले यसको गलत प्रयोग हुन नदिन विधेयक ल्याइएको जानकारी दिँदै सरकारले कृषिमा दिने अनुदान ५० देखि ७५ प्रतिशत रहेको र यसलाई पारदर्शी बनाउन विधेयकले मद्दत गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?