गृहमन्त्री खाँणले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरीको कामको प्रशंसा

लोकपथ
476
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको कामको प्रशंसा गरेका छन् ।

बिहीवार गृह मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७७/७८ को तेस्रो चौमासिक वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको कामको प्रशंसा गरेका हुन् ।

उनले गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र विभागले गरेको कामको पनि प्रशंसा गरे । विभागले गरेको कामले कागजी युगको अन्त्य हुने मन्त्री खाँणले बताए ।

उनले कैन्दीबन्दीको स्वास्थ्य उपचार, दैनिक खानपान र बसोबास राज्यको जिम्मेवारी भएकाले यसलाई व्यवस्थित बनाउनु पनि राज्यको दायित्व भएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?