प्रधानमन्त्री देउवा र नेपालका लागि जर्मनी राजदूतबीच भेटवार्ता

लोकपथ
154
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड साफरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवा र राजदूत साफरबीच बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटघाटका क्रममा राजदूत साफरले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटको क्रममा द्विपक्षीय व्यापार, लगानी तथा साँस्कृतिक साझेदारीका विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?