१३ चैत्र २०७९, सोमवार

विद्यालयका बस चालकले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने

२०७४,आश्विन,२२,आईतवार १३:३८

0
Shares

काठमाडौँ, २२ असोज ।विद्यालय तथा कलेजका बस चालकले अब अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा आज ट्राफिक प्रहरी, प्याब्सन, एनप्याब्सन, हिसान र अभिभावक सङ्घका अध्यक्ष तथा पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो ।दिनहुँ विद्यार्थीलाई घरबाट विद्यालय र विद्यालयबाट घरसम्म पु¥याउने चालकलाई पनि विद्यार्थीको जस्तै पोशाक लगाउनुपर्ने व्यवस्था गर्न लागिएको महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए । विद्यालयका बस चालकले विद्यार्थीसँगै अरू यात्रु पनि बोक्ने गरेको जनगुनासो आएपछि प्याब्सन, एनप्याब्सन, हिसान र ट्राफिक प्रहरीले चालकलाई अनिवार्य पोशाक लगाउनुपर्ने व्यवस्था गर्न लागेका हुन् ।महाशाखाका प्रमुख खनालले पोशाकको प्रयोगसँगै विद्यालय र सार्वजनिक सवारी साधनका चालक छुट्याउन सहज हुने बताए । महाशाखाले विद्यालयका बसमा क्षमताभन्दा धेरै विद्यार्थी ओसार्ने वा धेरै धुवाँ फाल्ने पुराना बसलाई कडा कारबाही गर्ने भएको छ ।यस्तै बैठकमा सबै विद्यालयका बस एउटै रङ्गको बनाउनुपर्ने, विद्यार्थीलाई बिहान ९ बजेभन्दा पहिले नै विद्यालय पु¥याइसक्नुपर्ने लगायतको विषयमा समेत छलफल भएको थियो । हाल काठमाडौँ उपत्यकामा विद्यालय तथा कलेजका एक हजारभन्दा बढी बस सञ्चालनमा छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,२२,आईतवार १३:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६