काठमाडौं । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले राजीनामा दिएका छन् ।
उनले बिहीवार प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
उनलाई तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ३८ महिना अघि नियुक्त गरेको थियो ।
राजिनामा दिदैँ उनले सामाजिक सञ्जालमार्फत् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाप्रति अभार व्यक्त गरेका छन् भने आफ्नो कार्य अवधीभर ज्ञान, अनुभव र योगदानको दृष्टिले उच्चतम बनाउने प्रयत्नसहित निष्ठापूर्वक समर्पित काम गरेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया