रिहाना भइन् सर्वाधिक आम्दानी गर्ने सङ्गीतकार

लोकपथ
1.3k
Shares

अमेरिकन पप गायिका रिहानालाई फ्रोब्र्स म्यागेजिनले सर्वाधिक आम्दानी गर्ने महिला सङ्गीतकारको सुचीमा शीर्ष स्थानमा राखेको छ ।

फोब्र्स म्यागेजिनले निकालेको पछिल्लो सूची अनुसार गायिका एवं सङ्गीतकार रिहानाको कुल सम्पत्ति १ अर्ब ७० करोड डलर (२ खर्ब ६० करोड रूपैंया) रहेको जनाएको छ । उनले गरेको यो आम्दानी उनको सङ्गीतकर्मले मात्र नभएर उनको कस्मेटिक कम्पनीले बढी गरेको जनाएको छ ।

मनोरञ्जनकै क्षेत्रमा कुल सम्पत्तिको हिसाबमा ओफ्रा विन्फ्रेनै भएको फ्रोब्र्स म्यागेजिनले जनाएको छ । रिहानाले गरेको कुल १ अर्ब ७० करोड डलर आम्दानीमा उनको ब्युटी र कस्मेटिक कम्पनीले मात्र १ अर्ब ४० करोड गरेको थियो । केही आम्दानी महिलाले लगाउने भित्री वस्त्र (अन्डर गार्मेन्ट) कम्पनी सेवेज एक्स फेन्टि लिंगरीवाट भएको थियो । यो बाहेक उनको केही आम्दानी सङ्गीतको क्षेत्र र सामाजिक सञ्जालबाट भएको जनाएको छ ।

रिहानाको ब्युटी कम्पनी फेन्टि ब्युटीमा उनको ५० प्रतिशत सेयर रहेको छ । सन् २०१७ मा स्थापना गरिएको यो कम्पनीले ५० फरक किसिमका स्किन टोन भएको फाउन्डेसनहरू उत्पादन गर्ने गर्छ । यो फाउन्डेसनमा धेरै विविधता भएको कारण महिलाहरूमा अत्यधिक लोकप्रिय रहेको छ ।

सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा उत्तिकै सक्रिय रहने रिहानाले आफ्ना उत्पादनहरूलाई यस मार्फत पनि बिक्री प्रवर्द्धन गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?