चर्चित रियालिटी शो ‘हिमालय रोडिज’को चौंथो संस्करण आउँदै

लोकपथ
468
Shares

काठमाडौं । नेपालको चर्चित रियालिटी शो ‘हिमालय रोडिज’को चौंथो संस्करण सुरु हुने भएको छ।

अभिनेता अनुपविक्रम शाहीले आफ्नो सामाजिक सञ्जालमा एक तस्बिर अपलोड गर्दै ‘हिमालय रोडिज’को चौंथो संस्करण सुरु हुने जानकारी दिएका हुन् ।

उनले रोडिजका सदस्यहरुको सामूहिक तस्वीर सार्वजनिक गर्दै ‘रोडिज ४ कमिङ सुन’ लेखेका छन्। तस्वीरमा देखाइएअनुसार यस पटकको सिजनमा पनि पहिलेकै कोचहरु उही रहनेछन् ।

रोडिजलाई नेपालमा अमनप्रताप अधिकारीले निर्देशक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?