काठमाडौं । नेकपा एमाले प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेश सांसद विमला खत्री ओलीले आफूमाथि लगाएको आरोपमा कुनै सत्यता नभएको प्रस्टिकरण दिएका छन् ।
सांसद ओलीले पत्रकार सम्मेलन गरेर आफुलाई नेपालगञ्ज लैजाने नाममा बुटवल ल्याएर बन्धक बनाएको भनेर सार्वजनिक गरे लगत्तै ढकालले अर्को पत्रकार सम्मेलन गरेर ओलीलाई अपहरण नगरेको र उनकै मागअनुसार बुटवल ल्याएको दाबी गरे ।
‘उहाँलाई बाहिर होटलमा बस्ने व्यवस्था गरेका छौं भन्दा म बिरामी छु घाँटीको समस्या छ । बाहिर बस्दिन मुख्यमन्त्री निवासमै बस्छु भनेर त्यहीँ आफ्नो इच्छा अनुसार बस्नुभएको हो,’ ढकालले भने, ‘यो खेल एमालेलाई बदनाम र कमजोर बनाउने यो खेल र घटना देखाइएको हो ।’
उनले एमालेका तर्फबाट सूर्य चिन्हबाट चुनाव जितेपनि एमाले र माओवादी मिलेर बनेको नेकपाको संसदीय दलको बैठक र जिल्ला कमिटीको बैठकमा समेत उपस्थित भएर माइन्युटमा हस्ताक्षर गरेको दावी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया