११ आश्विन २०७८, सोमवार

सरकारले किनेको महाकवि देवकोटाको घर भत्काइँदै, संग्रहालय बन्ने

२०७८,श्रावण,२१,बिहीवार १९:१२


काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन सुरु गरिएको छ ।

काठमाडौं महानगरपालिका ३० मैतीदेवीस्थित रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउन लागेको हो ।

संग्रहालय बनाउनका निम्ति देवकोटाको सो घर भत्काइएको छ । महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालले प्रज्ञा प्रतिष्ठानले राम्रो काम गर्नकै लागि घर भत्काएको होला भन्ने विश्वास रहेको प्रतिक्रिया दिइन् ।

उनले भनिन् – ‘एकेडेमीमा सबै बुद्धिजिवी व्यक्तिहरु बस्नुहुन्छ । सबै पढेलेखेको बुद्धिजिवी व्यक्तिहरु बस्नुहुन्छ । उहाँहरुको तजबिजले राम्रै गर्नुहुन्छ भन्ने आशामा छु । उहाँहरु जे गर्नुहुन्छ राम्रै गर्नुहुन्छ भन्ने मलाई लागेको छ ।’

महाकवि देवकोटाको घर सरकारले २ करोड ५० लाखमा किनेको हो । देवकोटाले सो घर वि.सं. १९९० सालतिर किनेको बताइएको छ ।

प्रकाशित मिति: २०७८,श्रावण,२१,बिहीवार १९:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको लागि सभापतिमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । कांग्रेसको १४औँ महाधिवेशन आगामी मंसिर ९ देखि

लक्ष्मी भण्डारी / वीरेन्द्रनगर । महिनावारीका लागि लगाउन नमिल्ने झुत्रोकपडाको जोहो गर्थिन् वीरेन्द्रनगर नगरपालिकाकी ४० वर्षीय मुना गौतम । पुराना

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नेपालीहरुको महान चाड बडा दशैँको अवसरलाई मध्यनजर गर्दै वर्षाका कारण क्षति भएका

काठमाडौं । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम

ताजा समाचार

आज ४२औँ विश्व पर्यटन दिवस मनाइँदै
 २०७८,आश्विन,११,सोमवार ०६:५४
हेर्नुहोस् आजको राशिफल
 २०७८,आश्विन,११,सोमवार ०६:४५
प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दो
 २०७८,आश्विन,१०,आईतवार २२:२४
सुदूरपश्चिम : सातामै न्यून सङ्क्रमण
 २०७८,आश्विन,१०,आईतवार २१:०७