त्रिभुवन विमानस्थलबाट साढे ३८ लाखको सुनसहित दुईजना पक्राउ

लोकपथ
247
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ३८ लाख बराबरको सुनसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–८ का २४ वर्षीय रिसब महतो र काठमाडौंको तिलगंगास्थित खोटाङ हलेसी गेस्टहाउसका सञ्चालक ४१ वर्षीय अम्बर चाम्लिङ रहेका छन् ।

विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ क्षेत्रबाट ४७४ ग्राम अवैध सुनसहित उनीहरु पक्राउ परेका हुन् ।

जजिरा एयरलाइन्सको उडानद्वारा साउदी अरबबाट काठमाडौं आगमन भएका विभिन्न यात्रीहरुलाई भन्सार छली गर्न लगाई ल्याइएको सुनको बाला महतोको साथबाट बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद सुनको बजार मूल्य ३८ लाख ३८ हजार रुपैयाँ बराबर भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?