काठमाडौंमा उपत्यकामा एकैदिन १ हजार ७५ कोरोना संक्रमित थपिए

लोकपथ
221
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ७५ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ७६६, भक्तपुरमा १४६ र ललितपुरमा १६३ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या १० हजार ६८ तथा देशभर ३४ हजार ४२२ पुगेको छ ।

हाल देशभर ३१ हजा १०८ जना होम आइसोलेसनमा, तीन हजार ३१४ जना संस्थागत आइसोलेसनमा, ७१३ जना आईसीयू तथा १५८ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?