नेपालमा कोरोना : थप ३ हजार ९ सय ३८ जनामा संक्रमण, कति छन् सक्रिय संक्रमित ?

लोकपथ
221
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११,८७० पीसीआर परीक्षणमा ३००७ जना र ६,५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३९३८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ भने कोरोना संक्रमणमुक्त हुनेको संख्या २०१२ रहेको छ ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८ हजार ७९ पुगेको छ । तीमध्ये ९ हजार ९९४ जनाको मृत्यु भएको छ भने ६ लाख ६३ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?