काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले अत्याधुनिक उपकरणहरुसहित न्यूरो सर्जरी सेवा सुरु गरेको छ । कलेजले बिहीबार एक प्रेस विज्ञप्ति निकाली सो कुराको जानकारी गराएको हो ।
मेडिकल कलेजले नेपालमै पहिलो पटक Cranial Robert न्यूरो सर्जरीमा S8 Stealth System with Auto Guide (Navigation system with Robot) NIMS ECLIPSE verision 4 ultra-operative (Neuro Monitoring System), Navigated Deill and MISS System (minimal invasive spine surgery equipment) जस्ता अत्याधुनिक उपकरणहरु खरिद गरी जडान समेत गरिएको विज्ञप्तिमा उल्लेख छ ।
कार्यकारी अध्यक्ष डा. सुनिल कुमार शर्माको हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा भनिएको छ, ‘अत्याधुनिक उपकरणहरुसहित Advance Neurosciences Centre को Director तथा वरिष्ठ न्यूरो सर्जन डा. अमित थापाको अगुवाइमा दक्ष जनशक्तिसहितको न्यूरो सर्जरी सेवा सुरु भएपछि न्यूरो सर्जरीका क्षेत्रमा सहज, सुलभ र गुणस्तरीय सेवाको उपलब्धताले नयाँ आयामको सुरुवात गरेको जानकारी गराउँदछौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया