नेपाल पक्षको बैठकमा किन गएनन् सुरेन्द्र र योगेश ?

लोकपथ
1.1k
Shares

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधव नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा पार्टी सचिव योगेश भट्टराई र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे अनुपस्थित भएका छन्।

नेपाल समूह निकट मानिने उनीहरु पछिल्लो समय अलमलमा जस्तो देखिएको बेला आजको बैठकमा अनुपस्थित भएका हुन् ।

स्रोतका अनुसार आफ्नी आमालाई कोभिड संक्रमण भएको कारण भट्टराई अनुपस्थित भएका हुन् भने सवारी चालक बिरामी भएकाले पाण्डे अनुपस्थित भएका हुन्।

नेपाल समूहका भरपर्दा नेता मानिने पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा पनि सदन बहिस्कार गरेर हिँडेका थिए भने योगेश भट्टराईले चाहिँ सर्वोच्च अदालतमा सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दिएको निवेदनमा पनि हस्ताक्षर गरेका थिएनन् । भट्टराईले पार्टी एकताका लागि आफू मध्यमार्गी भूमिकामा रहने बताउँदै आएका छन् ।

नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बुद्धनगरमा बसिरहेको छ। बैठकले आगामी रणनीति तय गर्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?