सांसद ओलीलाई बन्धक बनाइएको प्रति चार दलको आपत्ति

लोकपथ
91
Shares

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री ओलीलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाइएको घटनाप्रति विपक्षी गठबन्धनका चार राजनीतिक दलले आपत्ति जनाएका छन् ।

माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बिहीबार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै मुख्यमन्त्री र एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालमाथि प्रश्न उठाउँदै आपत्ति जनाएको हो ।

सांसद ओलीलाई घरबाट मुख्यमन्त्री निवासमा जबजस्ती ल्याएर बन्धक बनाएको घटनाको उक्त चार दलले भर्त्सना गरेका हुन् ।

सांसद ओलीले आफूलाई नेपालगन्ज लैजाने भन्दै जबर्जस्ती बुटवल ल्याएर पाँच दिनसम्म मुख्यमन्त्री पोखरेलको निवासमा बन्धक बनाइएको र प्रेस विज्ञप्ति तथा रजिस्टरमा लेखिएको विवरणसमेत पढ्न नदिइ हस्ताक्षर गर्न लगाइएको तथ्य पत्रकार सम्मेलनमार्फत बाहिर ल्याएलगत्तै चार दलले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त घटनाको विरोध गरेका हुन् ।

उनीहरुले मुख्यमन्त्री शंकर पोखरेलको निर्देशन र एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालको प्रत्यक्ष संलग्नतामा सांसद ओलीलाई बन्धक बनाइएको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?