११ आश्विन २०७८, सोमवार

इरानका नयाँ राष्ट्रपतिद्वारा संसदसमक्ष शपथग्रहण

२०७८,श्रावण,२१,बिहीवार १६:०९


काठमाडौं । इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसीले बिहीबार इरानी संसदसमक्ष शपथग्रहण गरेका छन् ।

आर्थिक सङ्कट, अमेरिकासँगको सम्वन्ध, स्वास्थ्य समस्या, आणविक कार्यक्रमलगायतका चुनौतीबीचमा उनले राष्ट्रपतिको जिम्मेबारी लिएका हुन् ।

इरानको कट्टरपन्थी समूहको प्रतिनिधित्व गर्दै इब्राहिम रायसी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । निर्वाचनमा रायसीले एक करोड ७८ लाख मत प्राप्त गरेका थिए ।

धेरै राजनैतिक अन्य प्रभावशाली नेतालाई निर्वाचन लड्न रोक लगाइएको र आधाभन्दा बढी मतदाता महामारी र असन्तुष्टिका कारण मतदानमा सहभागिता नजनाउदा नजनाउदै भएको निर्वाचनबाट उनलाई विजयी भएको घोषणा गरिएको छ ।

इरानका लागि ऐतिहासिक उपलब्धि मानिएको इरान र छ विश्वशक्ति राष्ट्रबीच २०१५ को आणविक सम्झौता गर्नुभएका मध्यमार्गी तत्कालिन राष्ट्रपति हसन रौहानीलाई उनले विस्थापित गरेका छन् । रौहानीले दुई कार्यकाल राष्ट्रपति भएर देशको नेतृत्व गरेका थिए ।

इस्लामिक गणतन्त्र इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका अति विश्वास पात्रसमेत मानिनु हुने रायसीको चार वर्षे कार्यकाल बिहीबारदेखि शुरु भएको छ ।

इरानको न्यायपालिका पूर्वप्रमुखसमेत रहेका रायसीलाई मानवअधिकार उल्लङ्लन गरेको आरोपमा पश्चिमी मुलुकले चर्को आलोचना गर्ने गरेका छन् ।

निर्वाचित भएपछि रायसीले आफ्नो प्रमुख विदेश नीति क्षेत्रीय देशसँगको सम्बन्ध सुधार गर्ने रहेको बताउनु भएको छ । रायसी सन् १९६० मा इरानको मशहदमा जन्मीएका हुन् ।

  • एजेन्सी

प्रकाशित मिति: २०७८,श्रावण,२१,बिहीवार १६:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारतमा कोरोनाभाइरसबाट थप २६ हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ४१

काठमाडौं । जर्मनीको सामाजिक प्रजातान्त्रिक पार्टीका नेता ओलाफ स्कोल्जले जर्मनीको सीडीयू-सीएसयू गठबन्धन अब विपक्षी बेन्चमा पुग्ने बताए । रूढीवादीहरूको विरुद्ध

काठमाडौं । कोलम्बियाका फार्क विद्रोही समूहको आक्रमणमा परी पाँच जना सर्वसाधारको मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार बताएका छन् । यो

काठमाडौं । इरानले अफगानिस्तानका लागि मानवीय सहायतासम्बन्धी सामग्री पठाएको छ । अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अफगानिस्तानका लागि इरानले यो दोस्रो

ताजा समाचार

एमाले विधान महाधिवेशनको तयारी पूरा
 २०७८,आश्विन,११,सोमवार २१:५९
५० लाख धरौटी बुझाएर रिहा भए चूडामणि शर्मा
 २०७८,आश्विन,११,सोमवार २०:४५