काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा ७० जना केन्द्रीय सदस्य उपस्थित भएका छन्।
बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बिहीबार सुरु भएको बैठकमा ठूलो संख्यामा केन्द्रीय कमिटी सदस्यहरु उपस्थित भएका हुन्। बैठकमा १५ जना केन्द्रीय सदस्यले नेतृत्वलाई लिखित जवाफ पठाएका छन्।
नेपाल समूहले पार्टी एकता, अध्यक्ष केपी ओली पक्षले पछिल्लो समय गरिरहेका विभिन्न निर्णय तथा सरकारमा सहभागिताबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएको हो।
केन्द्रीय कमिटी बैठकअघि सोही पार्टी प्यालेसमा स्थायी कमिटीका सदस्यहरु छलफलमा जुटेका थिए।
ओली पक्षको केही दिनअघि बसेको स्थायी कमिटी बैठकले विधान अधिवेशन तथा पार्टीको पालिका तथा वडा अधिवेशनको मिति तय गरेको थियो। स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्न ओली पक्षले यही साउन २४ गतेलाई केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया