६ आश्विन २०७८, बुधबार

भारतमा कोरोना : पछिल्लो २४ घण्टामा थपिए ४३ हजार नयाँ संक्रमित

२०७८,श्रावण,२१,बिहीवार १६:०५


काठमाडौं । भारतमा कोरोना भाइरसबाट थप झण्डै ४३ हजार नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४२ हजार ९८२ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

सोही अवधिमा अरु ५३३ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या ४१ हजार ७२६ रहेको छ ।

मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा अहिलेसम्म कुल तीन करोड १८ लाख १२ हजार ११४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

कुल सङ्क्रमितमध्ये तीन करोड नौ लाख ७४ हजार ७४८ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी भारतमा अहिलेसम्म कोरोनाका कारण चार लाख २६ हजार २९० जनाको मृत्यु भएको तथ्याङ्क रहेको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म ४७ करोड ४८ लाख मानिसको कोरोना परीक्षण गरिएको छ भने ४८ करोड ९३ लाख मानिसलाई कोरोनाभाइरसविरुद्धको खोप लगाइएको छ ।

 

प्रकाशित मिति: २०७८,श्रावण,२१,बिहीवार १६:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जम्मू कश्मीरको पटनीटप क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको छ। मंगलबार बिहान नाग देवता मन्दिरको माथि शिवगढको जंगलमा हेलिकोप्टर दुर्घटना

काठमाडौं । यस वर्ष मात्र अफगानिस्तानबाट ६ लाखभन्दा बढी व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले जनाएको छ ।

काठमाडौं । यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा सोमबार साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गरेको कारबाहीका क्रममा कम्तीमा पनि ३० जना

काठमाडौं । भारतमा कोरोनाभाइरसबाट थप २६ हजार सङ्क्रमित भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा २६ हजार

ताजा समाचार

यस्तो छ आजको विनिमयदर
 २०७८,आश्विन,६,बुधबार ०९:११